भारतको केरलमा फेरि कोरोना संक्रमणको दर बढ्यो, देशभर ४ लाख ३६ हजारभन्दा बढीको मृत्यु



Download our app to get more features

एजेन्सी, १० भदौ । भारतमा कोरोना संक्रमणको दर फेरि बढ्न थालेको छ । 

भारतको केरल राज्यमा कोरोना संक्रमणको दर उच्च भएपछि भारतमा कोरोना संक्रमणको दर फेरि बढेको हो ।

झन्डै ११ हजारमा झरेको भारतको दैनिक संक्रमणदर फेरि ४० हजार नाघेको छ । भारतको केरल राज्यमा मात्रै गत २४ घन्टामा ३१ हजार ४ सय ४५ नयाँ संक्रमित फेला परेका छन् । यो पछिल्लो ३ महिना यताकै उच्च संक्रमण दर हो । 

भारतको केरलमा पछिल्लो २ दिनदेखि संक्रमण दर बढ्न थालेको छ । जुन भारत र केरल सरकारका लागि चिन्ताको विषय बनेको छ । 

गत २४ घन्टामा भारतमा ४६ हजार ३ सय ९७ नयाँ संक्रमित फेला परेका छन् भने ६ सय ८ जनाको मृत्यु भएको छ ।

भारत अमेरिकापछि कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ हालसम्म ३ करोड २५ लाख ५७ हजारभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् भने ४ लाख ३६ हजार भन्दा बढीको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

भारतमा हाल रहेका संक्रमितमध्ये ३ करोड १७ लाख ८१ हजारभन्दा बढी स्वस्थ भएका छन् ।

Last modified on 2021-08-26 13:38:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts