जापानमा डेल्टा भेरिएन्टका कारण संक्रमण दर बढ्यो, विभिन्न राज्यमा आपतकालको तयारी
एजेन्सी, ९ भदौ । जापानमा कोरोना भाइरसको डेल्टा भेरिएन्टको केस बढ्न थालेपछि स्टेट आपतकालको घोषणा गर्ने तयारी गरेको छ ।
जापानका विभिन्न २१ राज्यमा कोरोनाको डेल्टा भेरिएन्टको नयाँ संक्रमितहरु निरन्तर बढ्दै गएको भन्दै सरकारले आपतकालको घोषणाको तयार गरेको हो ।
जापान सरकारले राजधानी टोकियोसहित सबैजसो राज्यहरुमा कोरोना सम्बन्धी जनस्वास्थ्यका मापदण्डमा कडाई गरिने पनि बताएको छ ।
जापान सरकारले आगामी सेप्टेम्बर १२ सम्म लकडाउनमा कडाई गर्ने बताएको छ । जापानमा डेल्टा भेरिएन्टका कारण पछिल्लो समय गम्भीर बिरामी अस्पताल भर्ना हुने क्रम बढेको छ । जसका कारण अस्पतालमा चाप बढेको छ ।
जापानका अर्थमन्त्री यासुतोसी निसिमुराले होकाइदो, आइची, हिरोसिमीसहित विभिन्न ५ राज्यमा अगस्ट २७ देखि १२ सम्म आपतकाल घोषणा गरिने बताए ।
जापनमा मंगलवार मात्रै २१ हजार ५ सय नयाँ संक्रमित थपिएको छ भने ४२ जनाको मृत्यु भएको छ ।