अष्ट्रेलियामा कोरोना संक्रमण घटाउन खोप अभियानमा तीव्रता
ऐजेन्सी,३ भदौं । अष्ट्रेलियामा पछिल्लो समय कोरोना संक्रमण धेरै मात्रामा बढिरहेको छ । संक्रमण बढेसंगै त्यहा कोरोना विरुद्धको खोप कार्यक्रमलाई तीव्रता दिइएको छ ।
अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमण तीव्र गतिमा फैलिइरहेको छ । उक्त संक्रमण घटाउन खोप अभियानलाई तीव्रता दिनुको विकल्प नभएको न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले बताएकी छिन् ।
बिहीबार अष्ट्रेलियामा कोरोनाका ७५४ नयाँ संक्रमित फेला परेका थिए । जसमध्ये न्यु साउथ वेल्समा मात्र ६८१ नयाँ संक्रमित फेला परेका हुन् । सिड्नीको लकडाउन हटाउने तयारी चलिरहेको अवस्थामा मानिसहरुलाई सुरक्षित बनाउन पनि खोप अभियानलाई तीव्रता दिन लागिएको हो ।
Last modified on 2021-08-19 17:22:12