अमेरिकामा डेल्टा भेरिएन्टका कारण अस्पताल भर्ना हुने बालबालिकाको संख्या बढ्यो



Download our app to get more features

एजेन्सी, ३१ साउन । अमेरिकामा कोरोना महामारीको तेस्रो चरणको लहरका कारण बालबालिका बढी प्रभावित हुन थालेका छन् । 

पछिल्लो समय अमेरिकामा कोरोना भाइरसको डेल्टा भेरिएन्टका कारण बालबालिका बढी प्रभावित हुन थालेको र अस्पताल भर्ना हुने क्रम पनि बढेको बताइएको छ । 

शनिवार मात्रै अमेरिकामा १ हजार ९ सय २ जना बालबालिका अस्पताल भर्ना भएको अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले बताएको छ । 

अमेरिकामा पछिल्लो केहिदिन यता कोरोनाको डेल्टा भेरिएन्टले फेरि कोरोना सङ्क्रमण र मृत्यु हुनेदरमा वृद्धि भएको छ । 

गत २४ घन्टामा ७१ हजार १ सय ३५ नयाँ संक्रमित थपिएका छन् भने २ सय ५८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Last modified on 2021-08-16 08:33:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts