भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ६ सय ६७ जनामा संक्रमण पुष्टि
काठमाडौं, ३० साउन । भारतमा गएको चौबीस घण्टामा ३८ हजार ६६७ सङ्क्रमितको पुष्टि भएको छ ।
गएको चौबीस घण्टामा २२ लाख २९ हजार ७९८ नमूना परीक्षण गरिएको छ । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन करोड २१ लाख ५६ हजार ४९३ पुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै हाल तीन लाख ८७ हजार ६७३ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ । मन्त्रालयका अनुसार तीन करोड १३ लाख ३८ हजार ८८ जना सङ्क्रमित कोरोनामुक्त भइसकेका छन् ।
गएको चौबीस घण्टामा ३५ हजार ७४३ जना सङ्क्रमित निको भएका छन् । गएको चौबीस घण्टामा ६३ लाख ८० हजार ९३७ डोज खोप लगाइएको छ । हालसम्म ५३ करोड ६१ लाख ८९ हजार ९०३ डोज खोप लगाइएको छ ।