कोरोनाविरुद्धको खोपमा आपसी सहयोगका साथ अघि बढ्न चिनियाँ राष्ट्रपतिको अपिल
ऐजेन्सी,साउन २५ । चिनियाँ राष्ट्रपति सि जिनपिङले कोरोनाविरुद्धको खोप उपलब्धताका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।
पिङले कोरोनाविरुद्धको खोप एकआपसमा सहयोग गर्न र आपसी सहयोगका साथ अघि बढ्नका लागि विश्वका देशहरूलाई अपिल गरेका छन्।
कोरोना भाइरस विश्वका देशमा प्रमुख चुनौतीकै रुपमा देखिएको बताउदै महामारी सबैको एक चुनौतीका रुपमा रहेको र यसका कारणबाट हुनसक्ने क्षतिको आँकलन अझै असम्भव भएकोतर्फ सबैको ध्यान जानुपर्ने पिङले बताएका छन् ।
त्यस्तै उनले अहिले पनि विश्व कोरोना महामारीसँग संघर्ष गरिरहेको र कोरोना महामारीको नियन्त्रणका लागि अहिले देखिएको एकमात्र उपाय खोप भएकाले विश्वले एकआपसमा सहयोगका साथमा अघि बढ्नुपर्ने उनको भनाइ छ ।
चिनले हालसम्म विश्वका करिब ६० देशमा खोपको निर्यात गरिरहेको पनि उनले बताएका छन् । त्यस्तै चीनले विश्वका कम्तीमा पनि एक सय देशलाई खोप अनुदान दिएको पनि जानकारी दिएका छन् ।