विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ लाख नाघ्यो, सबैभन्दा धेरै इन्डोनेशियामा मृत्यु



Download our app to get more features

एजेन्सी, २५ साउन । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ लाख नाघेको छ ।

गत २४ घन्टामा विश्वभर ७ हजार ९ सय ४५ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ लाख ७ हजार ९ सय ८५ पुगेको छ ।

कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा सबैभन्दा धेरै इन्डोनेशियामा १ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ । यस्तै रुसमा ७ सय ८७, ईरानमा ५ सय ४२, मेक्सिकोमा ५ सय १५, भारतमा ४ सय ४७ र ब्राजिलमा ३ सय ८८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर ४ लाख ७१ हजार १ सय ८७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या २० करोड ३४ लाख ३९ हजार ९ सय २६ पुगेको छ । 

गत २४ घन्टामा सबैभन्दा धेरै ईरानमा ३९ हजार ६ सय १९ जना थपिएका छन् भने  भारतमा ३६ हजार ३५, बेलायतमा २७ हजार ४ सय २९, अमेरिकामा २४ हजार ३ सय ९०, इन्डोनेशियामा २६ हजार ४ सय १५, रुसमा २२ हजार ८ सय ८६, टर्कीमा २२ हजार ६ सय ९९ र मेक्सिकोमा २० हजार १८ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै गत २४ घन्टामा विश्वभर रहेका सक्रिय संक्रमितमध्ये ३ लाख ९७ हजार ५ सय ३९ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमणपछि निको हुनेको संख्या १८ करोड २७ लाख ३९ हजार ८ सय ८१ पुगेको छ ।

Last modified on 2021-08-09 15:35:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts