विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ लाख नजिक, थपिए ५ लाखभन्दा बढी संक्रमित



Download our app to get more features

एजेन्सी, २४ साउन । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ लाख नजिक पुगेको छ ।

गत २४ घन्टामा विश्वभर कोरोना संक्रमणका कारण थप ९ हजार ६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ लाख ९९ हजार २ सय ६८ पुगेको छ ।

गत २४ घन्टामा सबैभन्दा धेरै इन्डोनेशियामा १ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ । यस्तै ब्राजिलमा १ हजार २ सय ७५, रुसमा ७ सय ९३, मेक्सिकोमा ५ सय ६८, भारतमा ४ सय ९१, इरानमा ३ सय ८७ र अमेरिकामा ३ सय २० जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

यस्तै गत २४ घन्टाम विश्वभर ५ लाख ६८ हजार २ सय ८४ जना नयाँ संक्रमित फेला परेका छन् ।

कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार योसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २० करोड २९ लाख ५२ हजार ९ सय ८८ पुगेको छ ।

गत २४ घन्टामा थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा ६८ हजार ९ सय ५० जना रहेका छन् भने ब्राजिलमा ४३ हजार ३३, भारतमा ३९ हजार ७०, इन्डोनेशियामा ३१ हजार ७ सय ५३, रुसमा २२ हजार ३ सय २०, बेलायतमा २८ हजार ६ सय १२, फ्रान्समा २५ हजार ७ सय ५५, टर्कीमा २५ हजार १ सय, मृक्सिकोमा २१ हजार ५ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै गत २४ घन्टामा विश्वभर रहेका सक्रिय संक्रमितमध्ये ४ लाख १० हजार ७ सय ५७ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमणपछि निको हुनेको संख्या १८ करोड २२ लाख ९४ हजार ७ सय ३८ पुगेको छ ।

हाल विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६३ लाख ५८ हजार ९ सय ८२ रहेको छ ।

Last modified on 2021-08-08 11:57:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts