विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या १८ करोड नाघ्यो, मृत्यु हुनेको संख्या बढ्दै
एजेन्सी, १९ साउन । विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या १८ करोड नाघेको छ ।
कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ३ लाख ९१ हजार ५ सय ९९ जना स्वस्थ भएका छन् ।
योसँगै विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या १८ करोड १३ हजार ६ सय ४३ पुगेको छ ।
हालसम्म विश्वभर कोरोनाका कारण १८ करोड ९९ लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने ४२ लाख ४७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
गत २४ घन्टामा विश्वभर थप ४ लाख ७४ हजार ४ सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
थपिएका नयाँ सङ्क्रमित हुनेमा सबैभन्दा धेरै अमेरिकामा ५६ हजार ३ सय ६९ रहेका छन् । यस्तै ईरानमा ३७ हजार १ सय ८९, भारतमा ३० हजार ३१, रुसमा २३ हजार ५ सय ८, टर्कीमा २२ हजार ८ सय ९८, इन्डोनेशियामा २२ हजार ४ सय ४ र बेलायतमा २१ हजार ९ सय ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १९ करोड ९५ लाख ६० हजार ५ सय १७ पुगेको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर ७ हजार ६ सय ४९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
गत २४ घन्टामा सबैभन्दा धेरै इन्डोनेशियामा १ हजार ५ सय ६८ जनाको मृत्यु भएको छ । यस्तै रुसमा ७ सय ८५, ब्राजिलमा ४ सय ७३, भारतमा ४ सय २०, ईरानमा ४ सय ११ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ लाख ४८ हजार २३ पुगेको छ ।
यस्तै हाल विश्वभर सक्रिय सङ्क्रमितको संख्या १ करोड ५२ लाख ६१ हजार ८ सय ४१ रहेको छ ।