रुसमा कोरोनाको डेल्टासँगै गामा भेरियन्ट फैलिँदै



Download our app to get more features

एजेन्सी, ८ साउन । रुसमा पनि कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । कोरोनाको डेल्टा भेरियन्ट फैलिरहेको रुसमा फेरि गामा भेरियन्टको पनि खतरा बढेको छ । 

अहिले डेल्टासँगै गामा भेरियन्ट  फैलिरहेको पाइएको त्यहाँका अधिकारीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

धेरै  सङ्क्रामक मानिएको डेल्टा र गामा दुवै भेरियन्ट फैलिरहेकाले चिन्ता थपिएको उल्लेख गरिएको छ। यस्तै, यी दुई भेरियन्टविरुद्ध खोपले  पनि प्रभावकारी काम गर्छ गर्दैन भन्ने अन्योल छ ।

विज्ञले त्यहाँ कोरोनाको तेस्रो लहर आउने चेतावनी दिएका छन् । गएको २४ घण्टामा रुसमा २४ हजारभन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ भने ७ सय ९६ जनाको ज्यान गएको छ ।

Last modified on 2021-07-23 13:22:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts