भारतमा कालो ढुसीको सङ्क्रमणका कारण ४ हजार ३ सयको मृत्यु, सबैभन्दा धेरै महाराष्ट्रमा



Download our app to get more features

बीबीसी, ६ साउन । भारतमा कालो ढुसीको सङ्क्रमणका कारण ४ हजारभन्दा बढीको मृत्यु भएको छ । 

कोरोना सङ्क्रमणपछि निको भएका बिरामीहरुमा देखिएको कालो ढुसीको सङ्क्रमणले लाग्ने म्युकोरमाइकोसिस रोगका कारण भारतमा झन्डै ४ हजार ३ सय जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना महामारीको दोस्रो चरणको लरहमा ४५ हजार ३ सय ७४ जनामा कालो ढुसीको सङ्क्रमण देखिएको थियो ।

भारतीय स्वास्थ्य मन्त्री मनसुख मान्डवियले देशभर फेला परेका म्यूकोरमाइकोसिसका बिरामीमध्ये आधाको उपचार विभिन्न अस्पतालमा भइरहेको बताए ।

डाक्टरहरुका अनुसार कोरोना निको भएको १२ देखि १८ दिनमा कालो ढुसीको सङ्क्रमण देखिने गरेको पाइएको छ । 

भारतको महाराष्ट्र, गुजरात, तामिलनाडु र राजस्थानमा कालो ढुसीका सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । 

Last modified on 2021-07-22 08:38:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts