अफ्रिकामा ६२ लाखभन्दा बढी कोरोना संक्रमित
एजेन्सी, ६ साउन । अफ्रिकामा अहिलेसम्म कोभिड-१९ संक्रमितको संख्या ६२ लाख ६७ हजार ७७६ पुगेको ‘अफ्रिका सेन्टर फर कन्ट्रोल एण्ड प्रिभेन्सन (अफ्रिका सीडीसी)ले जानकारी दिएको छ।
अफ्रिकी संघको स्वास्थ्य सेवा निकाय अफ्रिका सीडीसीका अनुसार महामारीका कारण अफ्रिकामा अहिलेसम्म एक लाख ५८ हजार ६९७ को मृत्यु भएको छ।
यहाँ हालसम्म ५४ लाख ७७ हजार ९३४ कोभिड–१९ संक्रमित निको भएको संस्थाले जनाएको छ।
अफ्रिकाका खासगरी दक्षिण अफ्रिका, मोरक्को, ट्यूनिसिया, इथियोपिया र इजिप्टमा अहिले पनि संक्रमण दर उच्च रहेको छ। यसमध्ये पनि सबैभन्दा बढी प्रभावित मुलुक दक्षिण अफ्रिका हो।
Last modified on 2021-07-21 11:50:32