विश्वका शक्तिशाली मुलुकले चाहेमा कोरोना महामारी सन् २०२२ सम्म नियन्त्रण हुन्छ: डब्लूएचओ



Download our app to get more features

एजेन्सी, ६ साउन । विश्व स्वास्थ्य संगठनले सन् २०२२ को अन्त्यसम्ममा कोरोना महामारी नियन्त्रण हुने विश्वास व्यक्त गरेको छ ।

संगठनले यदि सबै ठिक रह्यो भने सम्भवतः सन् २०२२ को अन्त्यसम्ममा कोरोना महामारी नियन्त्रण भइसक्ने विश्वास व्यक्त गरेको हो ।

संगठनका स्वास्थ्य आपतकाल कार्यक्रमका कार्यकारी निर्देशक डा.माइक रियानले भने, ‘यदि विश्वका विभिन्न मुलुकले खोप अभियान र जनस्वास्थ्यका मापदण्डलाई कडाईंका साथ कार्यान्वयनमा ल्याएयो भने सन् २०२२ को अन्त्यसम्म हामी कोरोना महामारीलाई नियन्त्रण गर्न सक्छौं ।’

उनले शक्तिशाली र ठूला मुलुकहरुमा कोरोनाविरुद्धको खोप अभियान तिव्र गतिमा सञ्चालन भएपनि गरिब मुलुकहरुमा भने अझैपनि खोप अभियानले गति लिन नसकेको हुँदा ती मुलुकमा खोप उपलब्ध गराउनु पर्ने र सामाजीक भौतिक दूरी कायम गर्न लगाउने हो भने कोरोना महामारीलाई नियन्त्रण गर्न सकिने बताए ।

उनले गरीब मुलुकमा कोरोनाको दर बढेको र अस्पतालमा पनि स्वास्थ्य सामग्री अभाव हुने हुँदा सहयोग गरेर पनि कोरोनालाई नियन्त्रण गर्न सकिने उल्लेख गरे ।

डा.रियानले विश्वभरका नेताहरुको आलोचना गर्दै आफ्नो खोप भण्डारणलाई गरीब मुलुकलाई दिन नचाहनु दुखद रहेको बताए । 

यस्तै संगठनका टेक्निकल लिड मारिया वेन करखोवले विश्वका विभिन्न मुलुकमा फेरि कोरोना संक्रमणको दरमा वृद्धि हुन थालेको भन्दै गत साता मात्रै ११ दशमलव प्रतिशतले संक्रमण दर वृद्धि भएको र १ प्रतिशतले मृत्यु दर वृद्धि भएको बताइन् ।

उनले खोप लगाइसकेका मुलुकले मृत्यु दर नियन्त्रण गर्न सक्ने भएकाले अब गरीब मुलुकलाई खोप दिएर महामारीविरुद्धको लडाईं लड्न आवश्यक रहेको उल्लेख गरिन् ।

डा.करखोवले कोरोना महामारीबाट जोगिने एक मात्र उपाय खोप रहेकाले विश्वका शक्तिशाली मुलुकले अब गरीब मुलुकलाई खोप उपलब्ध गराएर यस महामारीलाई अन्त्य गर्नमा ठूलो भूमिका निर्वाह गर्न सक्ने पनि बताइन् ।

Last modified on 2021-07-21 10:49:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts