सन् २०२० मा विश्वका दुई करोड ३० लाखभन्दा धेरै बालबालिका आधारभूत खोपबाट वञ्चित



Download our app to get more features

एजेन्सी, ५ साउन । सन् २०२० मा विश्वका दुई करोड ३० लाखभन्दा धेरै बालबालिका आधारभूत खोपबाट वञ्चित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । यो सङ्ख्या २०१९ मा खोप नपाउने बालबालिकाको भन्दा ३७ लाख धेरै हो भने सन् २००९ पछिको सबैभन्दा धेरै हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्र सङ्घीय बाल कोष ९युनिसेफ० ले संयुक्त रूपमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२० मा एक करोड ७० लाखभन्दा धेरै बालबालिकाले एउटा पनि खोप पाएका छैनन् । खोप नपाउने धेरैजसो बालबालिका द्वन्द्वबाट ग्रस्त समुदाय, दुर्गम क्षेत्र, अनौपचारिक वा सुकुम्वासी बस्ती जस्ता ठाउँमा बस्ने रहेका छन् । उनीहरू आधारभूत स्वास्थ्य तथा सामाजिक सेवाबाट समेत वञ्चित रहेका प्रतिवेदनमा उल्लेख छ ।

डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस अदहानोम गेब्रेयससले कोरोनाविरुद्धको खोपको चर्चा भइरहेको बेला अरू खोपबाट निकै पछाडि पर्न थालेको बताए । । बालबालिकाले खोप नपाएमा दादुरा, पोलियो, मेनिन्जाइटिस जस्ता रोग बढ्न गइ कोरोनाविरुद्ध लडिरहेको स्वास्थ्य प्रणाली नै जोखिममा पर्ने भन्दै उनले बालबालिकालाई आधारभूत खोप पुर्‍याउन सबै जुट्नुपर्ने बताए । 

युनिसेफका कार्यकारी निर्देशक हेनरियट्टा फोरले खोपबारेको पछिल्लो तथ्याङ्क स्वास्थ्यका लागि स्पष्ट चेतावनी भएको भन्दै बालबालिका बचाउन पर्याप्त ध्यान दिनुपर्ने बताए । 

Last modified on 2021-07-21 08:49:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts