भारतमा ३८ हजार कोरोना संक्रमित थपिए



Download our app to get more features

एजेन्सी, ४ साउन । भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार १६४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ३८ हजार ६६० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्।

भारतमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख २१ हजार ६६५ रहेको छ। भारतमा कोरोना संक्रमितको संख्या घटेपनि सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख भन्दा घट्न सकेको छैन।

यस्तै, संक्रमणका कारण थप ४९९ जनाको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमणका कारण हालसम्म ४ लाख १४ हजार १०८ को मृत्यु भइसकेको छ।

Last modified on 2021-07-19 13:33:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts