विश्वभर कोरोनाका कारण १९ करोडभन्दा बढी संक्रमित, मृत्यु हुनेको संख्या ४१ लाख नाघ्यो
एजेन्सी, ४ साउन । विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १९ करोड नाघेको छ ।
पछिल्लो समय विश्वभर फेरि कोरोना संक्रमणको दर बढ्दै गएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
गत २४ घन्टामा विश्वभर ४ लाख ४५ हजार २ सय ६७ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै बेलायतमा ४८ हजार १ सय ६१ जना रहेका छन् भने इन्डोनेशियामा ४४ हजार ७ सय २१ जना थपिएका छन् ।
यस्तै भारतमा ३८ हजार ३ सय २५, ब्राजिलमा ३४ हजार १ सय २६, रुसमा २५ हजार १८, ईरानमा २२ हजार १ सय ८४ जना जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १९ करोड १२ लाख ४७ पुगेको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर ६ हजार ८ सय ७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । सबैभन्दा धेरै इन्डोनेशियामा १ हजार ९३, ब्राजिलमा ९ सय ३९, रुसमा ७ सय ६४, भारतमा ५ सय १, कोलम्बियामा ४ सय ७६ र मेक्सिकोमा २ सय २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ लख ५ हजार ५ सय ५५ पुगेको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर ३ लाख ३७ हजार ३ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म विश्वभर कोरोना संक्रमणपछि निको हुनेको संख्या १७ करोड ४१ लख ५२ हजार ३ सय ५० पुगेको छ ।