चीनमा पहिलोपटक मानिसमा बाँदरमा देखिने बीवी भाइरसको संक्रमण, ५३ वर्षको चिकित्सकको मृत्यु



Download our app to get more features

एजेन्सी, ३ साउन । कोरोना भाइरसको महामारीकाबीच चीनमा मंकी बी भाइरस (बीवी) फेला परेको छ । वैज्ञानिकहरुले यो भाइरस निकै खतरनाक रहेको र यसको मृत्युदर ७० देखि ८० प्रतिशतसम्म रहेको बताएका छन् ।

चीनको समाचार संस्था ग्लोबल टाइम्सका अनुसार चीनको राजधानी बेइजिङ्गस्थित एक पशु चिकित्सकमा मंकी बी भाइरस पुष्टि भएको र उनको मृत्यु भएको छ । चीनमा यो भाइरसका कारण मानिसममा संक्रमण भएको यो पहिलो घटना हो । 

ग्लोबल टाइम्सले ५३ वर्षीय ती पशु चिकित्सकले यसै वर्षको मार्चाको सुरुवाति क्रममा दुई वटा मृत बाँदरको शल्यक्रिया गरेका थिए । ती डाक्टर गैर मानव प्राइमेट्समाथि अध्ययन गर्ने एक संस्थामा काम गर्दै आएका थिए । 

बाँदरको शल्यक्रिया गरेको एक महिनापछि उनमा वान्ता हुने र मन आत्तिने जस्ता लक्षण देखिन थालेको चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले शनिवार पुष्टि गरेको हो । बाँदरमा देखिने यो भाइरस पहिलो पटक मानिसमा फेला परेपछि चिन्ताको विषय बनेको छ ।

यस भाइरसको पहिचान सन् १९३२ मा भएको थियो । यो भाइरस सिधै सम्पर्क र शारीरिक स्रावको आदान प्रदानको माध्यमले फैलिने गर्छ । 

मानिसमा मृत्युदर बढी गराउने हुने भएकाले चीन सरकारका लागि चिन्ताको विषय बनेको हुँदा सतर्क रहन आग्रह गरेको छ ।

Last modified on 2021-07-18 22:19:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts