बेलायतमा कोरोना महामारीकाबीच नोरो भाइरसको संक्रमण बढ्यो, यस्ता छन् लक्षण

बीबीसी, ३ साउन । बेलायतमा कोरोना महामारीकाबीच नोरो भाइरसले चिन्ता बढाएको छ ।
नोरो भाइरस अर्थात् विन्टर भोमिटिंग भाइरसको केस तिव्र गतिमा फेला पर्न थालेको छ । पब्लिक हेल्थ इंग्ल्याण्डका अनुसार पछिल्लो ५ हप्तामा बेलायतमा नोरो भाइरसको १ सय ५४ वटा केस फेला परेको छ ।
बढी जसो विद्यालय समूहका बालबालिकामा यसको संक्रमण फेला परेको बताइएको छ ।
अकस्मात वान्त हुने र झाडापखाला लाग्ने जस्ता लक्षण नोरो भाइरस संक्रमणको हो । साथै उच्च ज्वरो आउने, पेट दुख्ने र शरीर दुख्नुका साथै वान्ता हुने जस्ता लक्षण पनि देखिने गरेको छ ।
वैज्ञानिकहरुका अनुसार यो भाइरस तिव्र गतिमा फैलिने गर्छ । किनकी यो एक व्यक्तिले करोडौंको संख्यामा भाइरसको कर्णहरुलाई फैलाउने गर्छ र कसैलाई पनि बिरामी बनाउन सक्ने हुन्छ ।
संक्रमित व्यक्तिको सम्पर्कमा आउनाले र कुनै प्रकारको सतहमाथि रहेको थुकको कणले पनि यो भाइरस फैलिने हुन्छ ।
पब्लीक हेल्थ इंग्ल्याण्डका प्राध्यापक घारबियाका अनुसार नोरो भाइरसको संक्रमणलाई विन्टर भोमेटिंग पनि भन्ने गरिन्छ । कोरोना महामारीको क्रममा लगाइएको प्रतिबन्धमा छुट दिएपछि यसको पैmलिने क्रम तिव्र गतिमा फैलिने गरेको छ ।
बच्ने उपाय
नोरो भाइरसबाट बच्नका लागि पटक–पटक साबुन र तातो पानीले हात धुनु पर्छ । साथै कपडा, शौचाललाई सफा राख्ने र पानीमा ब्लीच राखेर घर लगायतका ठाउँहरु सफा गर्नुपर्छ । नोरो भाइरस कोरोना भाइरस जस्तै अल्कोहलले मर्दैन । यदि कपडालाई साबुनले ६० डिग्री सेल्सियस तापक्रममा धुनु फाइदाजनक हुन्छ