कोरोना खोप अभियान सफल भएको दावी गर्ने मुलुकहरुमा कोरोनाको तेस्रो लहर सुरु !



Download our app to get more features

एजेन्सी, २ साउन । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ लाख नजिक पुगेको छ ।

पछिल्लो समय अमेरिका, ब्राजिल, रुस, बेलायत लगायतका मुलुकमा कोरोना संक्रमणको दरमा वृद्धि आउनुका साथै मृत्युदर पनि बढ्न थालेको देखिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका विभिन्न मुलुकमा कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भएको छ । जसका कारण जनजीवन फेरि असामान्य बन्दै गएको छ ।

विगत झन्डै ५÷६ महिनादेखि नियन्त्रणमा रहेको कोरोना सङ्क्रमणको दर बढेको भन्दै संगठनले सबैलाई जनस्वास्थ्यका मापदण्ड लागू गर्न आग्रह गरेको छ ।

अमेरिकामापनि यिनन्त्रणमा रहेको कोरोना महामारी फेरि सुरु हुन थालेको वर्ल्ड मिटरको तथ्याङ्कका अनुसार गत २४ घन्टामा ४० हजार ५ सय २९ नयाँ सङ्क्रमित फेला परेका छन् भने २ सय ९३ जनाको मृत्यु भएको छ । अमेरिका कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । 

कोरोना महामारीविरुद्धको लडाईंमा उपयोगी मानिने कोरोनाविरुद्धको खोप लगाइसकेकाहरुमा पनि पछिल्लो समय कोरोना सङ्क्रमण हुने थालेको देखिन्छ ।

यस्तै बेलायतमापनि गत २४ घन्टामा ५१ हजार ८ सय ७० जना नयाँ सङ्क्रमित फेला परेका छन् भने ४९ जनाको मृत्यु भएको छ । ब्राजिलमा गत २४ घन्टामा ४५ हनार ५ सय ९१ नयाँ सङ्क्रमित फेला परेका छन् भने १ हजार ४ सय ५० जनाको मृत्यु भएको छ । जबकी भारतमा ३८ हजार नयाँ सङ्क्रमित थपिएका छन् भने ५ सय ६० जनाको मृत्यु भएको छ ।

यस्तै रुसमा २५ हजार ७ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ७ सय ९९ जनाको मृत्यु भएको छ । इन्डोनेशियामा ५४ हजारमा कोरोना सङ्क्रमण देखिएको छ १ हजार २ सय ५ जनाको मृत्यु भएको छ । 

पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार  गत २४ घन्टामा विश्वभर थप ८ हजार ६ सय ५३ जनाको कोरोनाका कारण मृत्यु भएको र योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० लाख ९३ हजार ५० पुगेको छ भने सङ्क्रमित हुनेको संख्या १९ करोड नाघेको छ । 

गत २४ हालसम्म विश्वभर कोरोनाका ५ लाख ६२ हजार ८ सय नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १९ करोड ४ लाख ३ हजार ५ सय ६६ पुगेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर कोरोनाका कारण सङ्क्रमित भएका मध्ये ३ लाख ४७ हजार ७ सय ५० जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या १७ करोड ३५ लाख ७३ हजार ४ सय १६ पुगेको छ ।

विश्वका विभिन्न मुलुकहरुमा कोरानाबाट जोगिनका लागि खोप अभियान चलाइएपनि पछिल्लो समय खोप लगाएकाहरुमा पनि कोरोना देखिन थालेपछि चिन्ता बढाएको छ ।

Last modified on 2021-07-17 19:31:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts