नाइजेरियाले दियो रुसी खोप स्पुत्नीक भी लगाउन अनुमति



Download our app to get more features

एजेन्सी, १ साउन ।  नाइजेरियाले रुसमा विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोप स्पुत्नीक भी लगाउन अनुमति दिइएको छ।आफूहरूले उत्पादन गरेको खोप लगाउन नाइजेरियाले स्वीकृति दिएको जानकारी आफूहरूलाई प्राप्त भएको रुसको खोप उत्पादक निकायले उल्लेख गरेको छ। 

खोपको विकास गरेको रुसी निकाय ुरसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्टु ले यसरी खोप लगाउने अनुमति दिएका देशमध्ये नाइजेरिया ६८ औँ देश भएको पनि जनाएको छ। यसअघि अरु ६७औँ देशले रुसमा विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोप लगाउने अनुमति दिएका थिए भने अधिकांशले प्रयोग पनि गरिसकेका छन्।

स्पुतनीक भी प्रयोग गर्दै आएका देशहरूले यो खोप धेरै प्रभावकारी र विश्वसनीय भएको विवरण पठाएको पनि रुसी अधिकारीहरूले जानकारी दिएका छन्। 

विभिन्न परीक्षण तथा सर्वेक्षणहरूले पनि स्पुतनीक भीको प्रभावकारीता र विश्वसनीयता उच्च रहेको देखाएका छन्। धेरै देशमा पटक पटक परीक्षण गरेर सकारात्मक नतिजा आएपछि मात्रै यो खोप प्रयोगका लागि अनुमति दिएको हो। 

कोरोनाभाइरसको महामारी न्यूनीकरण गर्न यो खोपको ठूलो योगदान रहेको पनि रुसी अधिकारीहरूले दाबी गर्दै आएका छन्। अफ्रिकी देशहरूमध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियाले समेत स्पुतनीक भी खोप लगाउने भएपछि यो खोपका उपभोक्ताहरूको सङ्ख्या ठूलो हुने रुसी अधिकारीहरूको भनाइ छ। 

Last modified on 2021-07-16 12:44:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts