विश्वका यी मुलुकमा कोरोनाको तेस्रो लहर, विश्व भर कोरोनाका कारण साढे ४० लाखभन्दा बढीको मृत्यु
एजेन्सी, ३० असार । पछिल्लो समय विश्वका विभिन्न मुलुकमा कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भइसकेको छ ।
विश्व स्वास्थ्य संगन र विभिन्न मुलुकमा कोरोना महामारीको अवस्था हेरेर पनि कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भएको देखिन्छ ।
दैनिक कोरोना संक्रमित थपिने र मृत्यु हुनेदर निरन्तर उकालो लाग्दै गएको छ । विशेषगरी ल्याटिन अमेरिकन, युरोपियन मुलुक र दक्षिण एशियाली मुलुकहरुमा कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भएको हो ।
विभिन्न मुलुकमा कोरोना संक्रमण र मृत्यु हुनेदर बढेको कारण विश्वभर नै फेरि कोरोनाका कारण मृत्यु हुने र संक्रमित थपिने दर बढेको छ ।
गत २४ घन्टामामा मात्रै विश्वभर थप ८ हजार १ सय १७ जनाको कोरोनाका कारा मृत्यु भएको छ भने ५ लाख १० हजार १ सय ४० जनामा कोरोना संक्रमा पुष्टि भएको छ ।
सबैभन्दा धेरै ब्राजिलमा १ हजार ६ सय १३, इन्डोनेशियामा ८ सय ६४, रूसमा ७ सय ८०, भारतमा ६ सय २३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।