सिड्नीमा ११२ नयाँ डेल्टा भेरियन्टका संक्रमित भेटिए
एजेन्सी, २९ असार । अस्ट्रेलियाको न्यू साउथ वेल्सको राज्य जारी लकडाउन लम्बिने भएको छ। कोरोनाको भेरियन्ट डेल्टाका संक्रमितको संख्यामा कमी नआएपछि जारी लकडाउनलाई निरन्तरता दिइन लागेको हो।
स्वास्थ्य अधिकारीहरूले सोमबार सिड्नीमा ११२ नयाँ स्थानीय संक्रमित फेला परेको जनाएका छन्। देशको सबैभन्दा ठूलो शहर सिड्नीमा लकडानको तेस्रो हप्ता जारी रहँदा पनि कोरोना संक्रमण नघटेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।
राज्यका प्रमुख ग्लेडिस बेरेजिक्लियनले सोमबार फेला परेका अधिकांश संक्रमित पहिलेनै संक्रमण भइसकेका परिवारका सदस्यहरू र घनिष्ठ मित्रहरू रहेको बताएका छन्।
उनले त्यहाँका स्थानियहरुलाई लकडानको पालना गर्न पनि आग्रह गरेका छन्। सिड्नीका बासिन्दा खाद्यान्न खरिद, क्लिनिकल थेरापी र दैनिक व्यायामको लागि बाहेक बाहिर निस्किन पाउँदैनन्।
‘यदि तपाईं आफैंले हेचक्र्याइ गर्नुहुन्छ भने तपाईंको नजिकको साथी, घरपरिवार र अन्य व्यक्ति जोखिममा पर्छन्,’ बेरेजिक्लियनले भने।