कोरोनाविरुद्धको खोपलाई मिसाएर नलगाउन विश्व स्वास्थ्य संगठनको आग्रह
एजेन्सी, २९ असार । विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्धको खोपलाई मिसाएर नलगाउन आग्रह गरेको छ ।
संगठनका प्रमुख वैज्ञानिक डा.सौम्या स्वामिनाथनले कोरोनाविरुद्धको खोप अभियान जारी रहेको बेला केहि मुलुकहरुले एकभन्दा बढी खोपलाई मिसाएर लगाउने योजना बनाएपनि चेतावनी दिएकी हुन् ।
उनले एकभन्दा बढी खोपलाई मिसाएर लगाउनाले खतरनाक हुन सक्ने भन्दै त्यसो नगर्न आग्रह गरेकी हुन् ।
एकभन्दा बढी खोपलाई मिसाएर लगाउँदा त्यसले कस्तो असर पर्छ भन्नेबारे यकिन तथ्याङ्क र अध्ययन हुन नसकेका कारण एउटै खोप लगाउन र एउटै फर्मुलाबाट बनेको खोप लगाउन पनि उनले आग्रह गरेकी हुन् ।
डा. स्वामीनाथनले खोप लिएपछि पूर्ण मात्रा लगाउन आवश्यक रहेको हुँदा दुबै मात्रा लगाउन भन्दै फरक फरक देशमा खोपको तेस्रो वा चौथों डोजपनि लिन सक्ने अवस्था आउने हुन सक्ने र त्यस बेला समस्या पर्ने पनि बताइन् ।