अस्ट्रेलियामा १० महिनापछि कोरोना संक्रमितको मृत्यु 



Download our app to get more features

एजेन्सी, २७ असार । अस्ट्रेलियामा १० महिनापछि एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

न्यू साउथ ह्वेल्सकी ९० वर्षिया कोरोना संक्रमित महिलाको सिड्नीमा मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनलाई परिवारबाट नै संक्रमण सरेको थियो । 

आइतबार अस्ट्रेलियामा ७७ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ अहिले ५२ जना अस्पतालमा र १५ जनाको सघन उपचार कक्ष आइसीयूमा उपचार भइरहेको छ ।

अस्ट्रेलियाको ठूलो शहर सिड्नी अहिले लकडाउनमा छ । त्यहाँ कोरोनाको डेल्टा भाइरस तिब्रगतिमा फैलिएको पाइएपछि लकडाउन घोषणा गरिएको हो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts