भारतको केरलामा जिका भाइरस भेटियो



Download our app to get more features

एजेन्सी, २५ असार । भारतको केरलामा पनि जिका भाइरस भेटिएको छ । त्यहाँकी एक गर्भवतीलाई जिका भाइरसको  सङ्क्रमण भएको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

यसअघि केरलामा जिका भाइरस भेटिएको थिएन । सङ्क्रमित गर्भवतीलाई ज्वरो आउने टाउको दुख्ने जस्ता समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । 

परीक्षणका क्रममा उनलाई जिका भाइरस पुष्टि भएपछि अन्य १९ जनाको पनि नमुना परीक्षण गरिएको थियो । १९ जनामध्ये १३ जनामा जिकाको आशङ्का गरिएको छ । 

लामखुट्टेको टोकाइका कारण लाग्ने जिका भाइरसको लक्षण डेङ्गुको जस्तै हुन्छ । गर्भवतीलाई जिका भाइरसको जोखिम धेरै हुन्छ । यसले बच्चाको दिमागी विकासमा अवरोध गरी मस्तिष्कको आकार सानो बनाइदिन्छ ।

भारतमा सन् २०१७ मा पहिलो पटक जिका भाइरस भेटिएको थियो ।  सन् २०१५ मा ब्राजिलमा जिका भाइरसको प्रकोप फैलिएको थियो ।

Last modified on 2021-07-09 19:07:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts