कोरोना भाइरसको म्यूटेशन अझै रोकिएन, डेल्टाभन्दा पनि खतरनाक 'ल्याम्ब्डा' भेरिएन्ट



Download our app to get more features

एजेन्सी, २४ असार । कोरोना भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्ने क्रम अझै जारी छ । हालसम्म देखिएका भेरिएन्टले पुरै विश्वलाई आफ्नो चपेटामा लिइसकेको अवस्थामा कोरोनाको थप भेरिएन्टहरु फेला पर्ने क्रमले सबैको चिन्ता बढाएको छ ।

विश्व स्वास्थ्य संगठनले बेलायतमा डेल्टाको भेरिएन्टपछि ल्याम्ब्डा भेरिएन्ट देखिएको बताएको छ । संगठनले डेल्टापछि देखिएको ल्याम्ब्डा भेरिएन्टले संक्रमण दर तिव्र गतिमा फैलिन थालेको र यो थप खतरनाक भएको भन्दै चेतावनी दिएको छ ।

संगठनले हालसम्म डेल्टा भेरिएन्टलाई संक्रामक र खतरनाक मानिएपनि ल्याम्ब्डाले आफ्नो स्वरुप थप खतरनाक बनाइसकेको र यो डेल्टा भेरिएन्टभन्दा पनि बढी खतरनाक रहेको बताएको छ ।

कोरोनाको ल्याम्ब्डा भेरिएन्ट सबैभन्दा पहिले पेरुमा फेला परेको थियो । जुन हाल बेलायतसहित विश्वका ३० मुलुकमा फैलिएको र यो विस्तारै अन्य मुलुकमा पनि फैलिन थालेको छ ।

गत महिना विश्व स्वास्थ्य संगठनले ल्याब्डा (सी.३७) लाई भेरिएन्ट अफ कन्सर्न घोषणा गरेको थियो । आफ्नो साप्ताहिक बुलेटिनमा संगठनले ल्याम्ब्डा समुदाय स्तरमा फैलिसकेको बताएको थियो । समुदायस्तरमै फैलिसकेको कारण कोरोना संक्रमणको दर फेरि उकालो लाग्न थालेको र पेरुमा यस भेरिएन्टको ८० प्रतिशतभन्दा बढी केस फेला परेको पनि उल्लेख गरेको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार फेनोटाइपिकको प्रभावका कारण ल्याम्ब्डामा अन्य थुप्रै म्यूटेशन आइसकेको छ । जसका कारण संक्रमणदर तिव्र गतिमा बढ्न थालेको छ । यस भेरिएन्टले एन्टीबडीलाई पनि निस्क्रिय बनाइरहेको छ । यो भेरिएन्ट अब अमेरिकाको चिली, इक्वाडर र अर्जेन्टिनामा पनि तिव्र गतिमा फैलिरहेको पाइएको छ । संगठनले जति छिटो कोरोना भाइरस फैलिन्छ त्यति नै छिटो यसको म्यूटेशन फैलिने बताएको छ ।

Last modified on 2021-07-08 17:45:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts