विश्वभर कोरोना संक्रमणपछि निको हुनेको संख्या १७ करोडभन्दा बढी
यी मुलुकमा संक्रमणको तेस्रो लहर

काठमाडौं, २४ असार । विश्वभर कोरोना संक्रमणपछि निको हुनेको संख्या १७ करोड नाघेको छ ।
कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टमा विश्वभर ३ लाख ६७ हजार ३ सय ४७ जना कोरोना संक्रमणपछि निको भएका छन् । योसँगै विश्वभर कोरोनाका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या १७ करोड ७७ हजार ८ सय ३० पुगेको छ ।
गत २४ घन्टामा निको हुनेमा सबैभन्दा धेरै ब्राजिलमा ९० हजार २४, भारतमा ४४ हजार ४ सय ९८, कोलम्बियामा २८ हजार ४ सय ६७, अमेरिकामा २२ हजार ७१ र रुसमा २० हजार ६७ जना रहेका छन् ।
यस्तै गत २४ घन्टामा विश्वभर थप ४ लाख ५४ हजार २ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
थपिएका नयाँ संक्रमितमध्ये सबैभन्दा धेरै ब्राजिलमा ५४ हजार २२, भारतमा ४५ हजार ६ सय ७४, रुसमा २३ हजार ९ सय ६२, बेलायतमा ३२ हजार ५ सय ४८, इन्डोनेशियामा ३४ हजार ३ सय ७९, दक्षिण अफ्रिकामा २१ हजार ४ सय २७, कोलम्बियामा २४ हजार २ सय २९, अर्जेन्टिामा १९ हजार ४ सय २३, स्पेनमा १७ हजार ३ सय ८४ जना रहेका छन् ।
विश्वभर थपिएका नयाँ संक्रमितसँगै कोरोनाका कारण संक्रमित हुनेको संख्या १८ करोड ५८ लाख २२ हजार ५ सय ७९ पुगेको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर थप ८ हजार २ सय ६९ जनामा कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जसमा ब्राजिलमा सबैभन्दा बढी १ हजार ५ सय ९५ जनाको मृत्यु भएको छ भने इन्डोनेशियामा १ हजार ४० जनाको मृत्यु भएको छ ।
यस्तै गत २४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेमा भारतमा ८ सय १७, रुसमा ७ सय २५, अर्जेन्टिनामा ४ सय ५६, कोलम्बियामा ५ सय ५९, पेरुमा ४ सय ११ जना रहेका छन् ।
पछिल्लो समय कोरोनाको डेल्टा भेरिएन्टले विश्वका विभिन्न मुलुकमा कोरोनाको तेस्रो लहरको संकेत देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोनाविरुद्धको खोप लगाइसकेकाहरुमा पनि कोरोना संक्रमण देखिन थालेको भन्दै संगठनले चिन्ता व्यक्त गरेको छ ।