विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

यी मुलुकमा फेरि बढ्यो मृत्युदर



Download our app to get more features

एजेन्सी, २३ असार । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ ।

कोरोना सम्बन्धी तथ्यांक अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर थप ७ हजार ९ सय ९७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

गत २४ घन्टामा मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा १ हजार ७ सय ८७ जनाको मृत्यु भएको छ भने भारतमा ९ सय ३०, रुसमा ७ सय ३७, इन्डोनेशियामा ७ सय २८, कोलम्बियामा ५ सय ५३, अर्जेन्टिनामा ४ सय ६२ र अमेरिकामा २ सय २ जनाको मृत्यु भएको छ । 

योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० लाख ८ हजार ५ सय ९२ पुगेको छ ।

यस्तै गत २४ घन्टाम विश्वभर ४ लाख २८ हजार ४ सय ६७ जना नयाँ संक्रमित थपिएका छन् । 

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी ब्राजिलमा ६२ हजार ५ सय ४, भारतमा ४३ हजार ९ सय ५७, रुसमा २३ हजार ३ सय ७८, इन्डोनेशियामा ३१ हजार १ सय ८९, बेलायतमा २८ हजार ७ सय ७३, कोलम्बियामा २६ हजार ७ सय २१ र अर्जेन्टिनामा २१ हजार ५ सय ९० जना रहेका छन् ।

योसँगै विश्वभ कोरोनाका कारण संक्रमित हनेको संख्या १८ करोड ५३ लाख ७९ हजार ८ सय ६६ पुगेको छ ।

यस्तै हालसम्म विश्वभर कोरोनाका कारण संक्रमित भएकामध्ये १६ करोड ९७ लाख १९ हजार  ५सय २१ जना स्वस्थ भएका छन् ।

Last modified on 2021-07-07 11:20:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts