इन्डोनेशियामा कोरोना महामारीका अवस्था बिग्रिदै, अक्सिजन अभावका कारण ६३ जनाको मृत्यु



Download our app to get more features

बीबीसी, २२ असार । कोरोना महामारीका कारण इन्डोनेशिया दक्षिण पूर्व एशियाको सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ ।

कोरोना महामारीका कारण इन्डोनेशियामा अवस्था बिग्रिदै गएको छ ।

इन्डोनेशियाका विभिन्न सहरहरुमा कोरोना महामारीको दरले फेरि तिव्रता पाएपछि कडाई गरिएको छ । 

कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना हुने बिरामीहरुको संख्या बढ्न थालेपछि अक्सिजन अभाव हुन थालेको छ । जसलाई ध्यानमा राखेर सरकारले मेडिकल अक्सिजन उत्पादनलाई प्राथमिकता दिन सबैलाई आग्रह गरेको छ । 

हालसम्म इन्डोनेशियामा अक्सिजन अभावका कारण ६३ जनाको मृत्यु भइसकेको बीबीसीले लेखेको छ । इन्डोनेशियामा पछिल्लो समय दैनिक औसतमा २५ हजारका दरले सङ्क्रमित थपिन थालेका छन् । 

इन्डोनेशियामा कोरोनाका बिरामीको दरमा वृद्धि हुँदै गर्दा अस्पतालहरुमा बेडको पनि अभाव हुन थालेको छ ।

दक्षिण–पूर्व एशियामा कोभिडको प्रकोप सबैभन्दा बढी इन्डोनेशियामा परेको छ । जहाँ हालसम्म २३ लाख मानिसहरु कोरोनाका कारण सङ्क्रमित भइसकेका छन् भने ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

इन्डोनेशियामा कोरोना महामारीको जोखिमबाट बच्नका लागि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । तर, चीनले उपलब्ध गराएको कोरोना खोप लगाएकाहरुपनि संक्रमित भएर अस्पताल भर्ना हुने क्रम बढेको र गम्भीर बिरामीको संख्या पनि बढ्न थालेपछि खोप अभियान स्थगित गरेको छ । इन्डोनेशियामा कोरोना खोप लगाएकामध्ये २ जनाको मृत्यु भएको पनि इन्डोनेशियाली सरकारले बताएको छ ।

Last modified on 2021-07-06 11:38:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts