लामो समयसम्म काम गर्नाले हृदयघात र मस्तिष्कघातको जोखिम उच्चः अध्ययन



Download our app to get more features

एजेन्सी, २२ असार । विश्व स्वास्थ्य संगठनले लामो समयसम्म काम गर्नाले हृदयघातको जोखिम बढेको भन्दै चेतावनी दिएको छ ।

संगठनले सार्वजनिक गरेको एक अध्ययन अनुसार लामो समयसम्म काम गर्ने मानिसहरुमा हृदयघात र मस्तिष्कघात हुने जोखिम बढ्ने गरेको छ । 

विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय श्रम संगठनले संयुक्त रुपमा गरेको अध्ययनमा लामो समयसम्म काम गर्नाले मुटु सम्बन्धी रोग र मस्तिष्कघातका कारण गत वर्ष ९ लाख ६१ हजार मानिसको मृत्यु भएको उल्लेख गरिएको छ ।  

इनभायरोमेन्ट इन्टरनेशनलमा प्रकाशित अध्ययन अनुसार सन् २०१६ मा श्रम संगठनले सार्वजनिक गरिएको प्रतिवेदनमा लामो समयसम्म काम गर्नेहरुमध्ये ७ लाख ४५ हजारको मृत्यु हृदयघात र मस्तिष्कघातका कारण भएको उल्लेख गरिएको छ ।

कोरोना महामारीका कारण घरबाटै काम गर्ने क्रम बढेपछि लामो समयसम्म काम गर्ने दर बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय श्रम संगठनले सार्वजनिक गरेको अध्ययनमा कामको बोझ पुरुषमा बढी देखिएको छ । रिपोर्टका अनुसार ४५ देखि ७४ वर्ष उमेर समूहकाबीच प्रत्येक हप्ता ५५ घन्टा वा त्योभन्दा बढी समयसम्म काम गर्ने पुरुषहरुमा मृत्यु हुने तथ्यांक ७२ प्रतिशतसम्म पाइएको छ ।

लामो समयसम्म काम मात्रै होइन तनावपनि बढी हुँदा मानिसमा मुटुसँग सम्बन्धी रोग र मस्तिष्कघात बढी हुने गरेको पनि प्रतिवेदनमा सार्वजनिक गरिएको छ ।

Last modified on 2021-07-06 08:31:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts