बङ्गलादेशमा आइतबार छ हजारभन्दा बढी सङ्क्रमित, १३४ को मृत्यु



Download our app to get more features

काठमााडौं, २१ असार । बङ्गलादेशमा पछिल्लो २४ घण्टामा थप कोभिड सङ्क्रमितको सङ्ख्या छ हजार २१४ पुगेको छ। योसँग बङ्गलादेशमा आइतबारसम्ममा कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको कूल सङ्ख्या नौ लाख ३६ हजार २५६ पुगेको छ।

पछिल्लो २४ घण्टामा सङ्क्रमित १३४ जनाको मृत्यु भएको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले पुष्टि गरेको छ। सरकारको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २२ हजार २८७ नमूना परीक्षण भएका थिए।

अहिलेसम्म कोभिड सङ्क्रमणपछि निको हुनेको सङ्ख्या आठ लाख २९ हजार १९९ पुगेको छ भने आइतबार तीन हजार ७७७ व्यक्ति कोभिड सङ्क्रमणमुक्त भएका महानिर्देशनालयले जनाएको छ।

आधिकारिक तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड मृत्युदर १ दशमलब ५९ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने ८८।५७ प्रतिशत बिरामी पूर्ण रूपमा निको भई घर फर्किएका छन्।

बङ्गलादेशमा यसै बर्षको जुन ३० मा एकै दिनमा सबैभन्दा बढी आठ हजार ८२२ सङ्क्रमित भएका थिए भने जुलाई १ मा सबैभनदा बढी १४३ सङ्क्रमितको मृत्यु भएको थियो।

 रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts