विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० लाख नजिक, निको हुनेदर ९८ प्रतिशत
एजेन्सी, २१ असार । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० लाख नजिक पुगेको छ ।
वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा ६ हजार १ सय ६८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
तथ्यांक अनुसार गत २४ घन्टामा सबैभन्दा धेरै ब्राजिलमा ७ सय ७६ जनाको मृत्यु भएको छ भने भारतमा ७ सय ४३ जनाको मृत्यु भएको छ ।
यस्तै रुसमा ६ सय ६३, इन्डोनेशियामा ५ सय ५५, कोलम्बियामा ५ सय ८२, अर्जेन्टिनामा ३ सय १० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ लाख ९३ हजार ३ सय ४७ पुगेको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर ३ लाख २९ हजार ८ सय ५८ जना नयाँ संक्रमित थपिएका छन् ।
गत २४ घन्टामा विश्वभर थपिएका संक्रमितमध्ये भारतमा ४० हजार ३ सय ८७, ब्राजिलमा २७ हजार ७ सय ८३, रुसमा २५ हजार १ सय ४२, बेलायतमा २४ हजार २ सय ४८, कोलम्बियामा २६ हजार २ सय ६५ जनामा कोरोना संक्रमण्ण पुष्टि भएको छ ।
योसँगै विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या १८ करोड ४२ लाख ५२ हजार ३ सय ४३ पुगेको छ ।
यस्तै गत २४ घन्टामा२ लाख ९७ हजार २ सय ९९ जना निको भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमणपछि निको हुनेको संख्या १६ करोड ८९ लाख ११ हजार ५ ७ सय ६९ पुगेको छ ।