भारतमा कोरोना संक्रमित घट्दै, मृतकको संख्या बढ्यो

एजेन्सी, २० असार । भारतमा कोरोना संक्रमितको दैनिक मृत्युदरमा पुनस् वृद्धि भएको छ। संक्रमितको संख्या घट्दै गएपनि मृत्यु हुनेको संख्या घटबढ भइरहेको हो। केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ९५५ संक्रमितले ज्यान गुमाएका छन्।
शनिबार जारी तथ्याङ्कमा मृतकको संख्या ७३८ थियो भने शुक्रबार ८५३ थियो। यस्तै पछिल्लो २४ घण्टामा ४३ हजार ७१ नयाँ संक्रमित थपिएका छन् भने ५२ हजार २९९ संक्रमित संक्रमणमुक्त भएका छन्।
यससँगै भारतमा कुल संक्रमित संख्या ३ करोड ५ लाख ४५ हजार ४३३ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या २ करोड ९६ लाख ५८ हजार ७८ रहेको छ। सक्रिय संक्रमितको संख्या ४ लाख ८५ हजार ३५० रहेको छ।