कोरोना खोप खरिद प्रकरणमा ब्राजिलका राष्ट्रपति बोलसोनारोमाथि छानबिनका लागि अनुमति



Download our app to get more features

एजेन्सी, २० असार । कोरोनाविरुद्धको खोप खरिद प्रकरणमा ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोमाथि छानबिन हुने भएको छ ।

ब्राजिलको सुप्रीम कोर्टले राष्ट्रपति बोलसोनारोविरुद्ध कोभ्याक्सिन खरिदको सम्झौतामा भएको कथित भ्रष्टाचार मामिलामा जाँचका लागि अनुमति दिएको हो ।

शुक्रवार अबेर राति सुप्रिम कोर्टका एक न्यायाधीशले कथित भ्रष्टाचार मामिलामा  बोलसोनारोको भूमिकाको जाँच सुरु गर्नका लागि परेको रिटमा अनुमति दिएको बीबीसीले लेखेको छ ।

तीन महिना अघि एक वरिष्ठ अधिकारीले भारतमा भनेको कोभ्याक्सिन अत्यधिक मात्रामा खरिद गर्नका लागि घुस लिने विषयमा बोलसोनारोले सहमति जनाएको आरोप स्वास्थ्य मन्त्रालयका एक अधिकारीले लगाएका थिए ।

तर, बोलसोनारोले आफूमाथि लागेको आरोपलाई अस्विकार गर्दै आएका छन् भने  विपक्षी दल उनीविरुद्ध महाभियोग लगाउने तयारीमा छन् ।

ब्राजिल कोरोना महामारीका कारण अमेरिका र भारतपछि सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । पछिल्लो समय दैनिक संक्रमण र मृत्यु हुनेदर बढ्दै गएको छ ।

Last modified on 2021-07-04 11:01:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts