भारत बायोटेकको कोभ्याक्सिन ७७ प्रतिशत प्रभावकारी, डेल्टा भेरिएन्टमा पनि काम लाग्ने



Download our app to get more features

काठमाडौं, १९ असार । भारतको बायोटेक कम्पनीले उत्पादन गरेको कोभ्याक्सिन ७७ प्रतिशत प्रभावकारि रहेको दावी गरिएको छ ।
 
हैदराबाद स्थित भारत बायोटेक उत्पादन गरेको कोभ्याक्सिनको तेस्रो चरणको प्रतिवेदनमा खोपको प्रभावकारिता ७७ दशमलव ८ प्रतिशत रहेको पाइएको हो ।
 
कम्पनीका अनुसार कोभ्याक्सिन सिम्पटोमैटिक अर्थात् लक्षण भएको कोरोना संक्रमित बिरामीमा प्रभावकारी रहेको दावी गरिएको छ ।
 
कोरोनाका १ सय ३० कोरोना संक्रमित बिरामीमा गरिएको परीक्षणमा दुई समूहमा विभाजित गरिएको थियो । जसमा २४ जनालाई कोभ्याक्सिन ग्रुपमा राखिएको थियो भने १ सय ६ जनालाई प्लेसिबो दिइएको थियो ।

यस्तै एसिम्पटोमैटिक अर्थात् कोरोनाको लक्षण नभएका बिरामीमा पनि ६३ दशमलव ६ प्रतिशत प्रभावकारी रहेको थियो । 

त्यसबाहके गम्भीर बिरामीमा ९३ दशमलव ४ प्रतिशत खोप प्रभावकारी रहेको दावी गरिएको छ । 

साथै कम्पन्ीले कोरोनाको डेल्टा भेरिएन्टविरुद्ध पनि कोरोनाविरुद्धको खोप ६५ दशमलव २ प्रतिशत प्रभावकारी रहेको पनि दावी गरिएको छ ।

Last modified on 2021-07-03 18:18:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts