भारतमा गर्भवती महिलालाई पनि कोरोना खोप लगाउन अनुमति



Download our app to get more features

भारत, १९ असार । भारत सरकारले गर्भवती महिलालाई पनि कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले गर्भवती महिलाहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सक्ने अनुमति दिएको हो । सरकारको अनुमतिपछि अब गर्भवति महिलाहरुले पनि कोरोनाविरुद्धको खोप लगाउन सक्ने छन् । 

स्वास्थ्य मन्त्रालयले शुक्रवार नेशनल टेक्नीकल एडभाइजरी ग्रुप अन इम्यूनाइजेशन (एनटीएजीआई) को सिफारिसलाई पनि स्विकृति दिएको हो ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै गर्भवती महिलाले अब कोविन ऐपमा पञ्जीकरण गरेर वा सिधै नजिकैको खोप केन्द्रमा गएर कोरोना खोप लगाउन सक्ने बताएको छ ।
 
गर्भवती महिलाका लागि खोपसँग सम्बन्धीत निर्देशिका राज्य र केन्द्र शासित प्रदेशमा सार्वजनिक गर्नेछ । 
 
यसअघि, कोरोनाविरुद्धको खोपले गर्भवति महिलालाई नराम्रो प्रभाव परिरहेको भन्दै खोप नलगाउन भनेकोमा पछिल्लो अध्ययनले सकारात्मक परिणाम फेला परेको हुँदा गर्भवतिका लागि खोप लगाउने बाटो खुलेको हो ।

अब नयाँ नियम अनुसार गर्भवती महिलाहरुले कुनैपनि गर्भावस्थामा कोरोनाविरुद्धको खोप लगाउन सक्नेछन् ।

Last modified on 2021-07-03 11:29:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts