भारतीय कम्पनी जायडसले माग्यो कोरोना खोपको आपतकालीन प्रयोगको अनुमति



Download our app to get more features

एजेन्सी, १८ असार । जायडस कैडिला कम्पनीले उत्पादन गरेको कोरोनो विरुद्धको खोप 'जायकोभ डी' को आपतकालीन प्रयोगका लागि भारतको औषधि नियन्त्रण नियन्त्रक (डीसीजआिई)सँग अनुमतिका लागि निवेदन दिएको छ।

कम्पनीले भारतमा अहिलेसम्म ५० भन्दा बढी केन्द्रमा खोपको क्लिनिकल परीक्षण गरेको दाबी गरेको छ।

कम्पनीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ,‘डीसीजीआईमा आपतकालीन प्रयोगका लागि अनुमतिका लागि निवेदन दिएको छ। यो खोप प्लाज्मिड डिएनए खोप हो। यो खोप  प्रौढ मात्र नभएर १२ देखि १८ वर्ष उमेरसम्ममा पनि देखिएको छ।’

भारमा कोरोना विरुद्ध उत्पादित यो दोस्रो खोप हो। यसअघि बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनले आपतकालीन प्रयोगको अनुमति पाइसकेको छ। हालसम्म भारतमा कोभिसिल्ड, कोभ्याक्सिन, स्पुतिनिक भी, मर्डेना खोपले आपतकालीन प्रयोगको अनुमित पाइसकेको छ। यदि जायकोभ डी ले आपतकालीन अनुमति पायो पाँचौ कोरोना विरुद्धको खोप हुनेछ।

भारतमा १२ देखि १८ वर्ष उमेर समुहमा परीक्षण भएको यो पहिलो खोप हो। कम्पनीका अनुसार उक्त उमेर समुहका एक हजार व्यक्तिमा परीक्षण भएको छ। कम्पनीले वार्षिक रुपमा १२ करोड खोप उत्पादन गर्ने जनाएको छ।
 

Last modified on 2021-07-02 17:06:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts