युरोपमा कोरोना संक्रमणको दर यसरी नै बढ्ने हो भने तेस्रो लहर आउन सक्छः डब्लूएचओ



Download our app to get more features

एजेन्सी, १८ असार । विश्व स्वास्थ्य संगठनले यदि युरोपमा सावधानी अपनाइएन भने नयाँ लहर आउन सक्ने चेतावनी दिएको छ ।
 
संगठनका अनुसार लगातार दस दिनसम्म कोरोना संक्रमणको दरमा कमी आएपनि युरोपमा फेरि कोरोना संक्रमणको दर बढ्न थालेको भन्दै चेतावनी दिएको छ ।
 
युरोपको विभिन्न मुलुकमा कोरोनाको डेल्टा भेरिएन्टले संक्रमण दर बढाएको संगठनले बताएको छ ।

संगठनको रीजनल हेड ह्यान्स क्लूगले युरोपका विभिन्न मुलुकमा जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गरेको र प्रतिबन्ध खुकुलो बनाउँदा संक्रमण दर फेरि बढ्न थालेको बताए ।

यस्तै, जर्मनीका गृह मन्त्री होर्स्ट सीहफरले युरोपका विभिन्न शहरमा जारी युरोकपका कारण कोरोना संक्रमणको दरमा वृद्धि भएको बताए । उनले युरोकप हेर्नका लागि जम्मा भएका दर्शकहरुको भिडका कारण कोरोना संक्रमणको खतरा फेरि िबढेको उल्लेख गरे ।
 
विश्व स्वास्थ्य संगठनकी कोभिड–१९ इन्सिडेन्ट म्यानेजर क्याथरीन स्मलवुडले युरोकपलाई नै जिम्मेवार बनाउँदै कोरोनाको संक्रमण युरोपमा फेरि बढ्न थालेको बताइन् ।
 
युरोकपमा सहभागि हुन आउने दर्शकहरु एक आपसमा घुलमिल हुँदा युरोपमा कोरोनाको नयाँ लहर आउने खतरा बढेको बताइन् ।

बेलायतसहित युरोपका विभिन्न मुलुकमा फेरि कोरोना संक्रमणको दर बढ्न थालेकोले चिन्ता बढेको छ ।

Last modified on 2021-07-02 11:59:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts