भारतको 'कोभ्याक्सिन' र रुसको 'स्पुतनिक-भी' कोरोनाको डेल्टा भेरिएन्टमा प्रभावकारीः अध्ययन



Download our app to get more features

बीबीसी, १६ असार । भारतीय फार्मा कम्पनी ‘भारत बायोटेक’ ले विकास गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिन डेल्टा भेरिएन्टमा पनि प्रभावकारी रहेको पाइएको छ ।

अमेरिकाको नेशनल इन्स्टीच्यूट अफ हेल्थ (एनआईएच) ले बायोटेकले उत्पादन गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिन कोरोनाको अल्फा र डेल्टा भेरिएन्टविरुद्ध प्रभावशाली रहेको दावी गरेको छ ।

एनआईएचले दुई छुट्टा–छुट्टै अध्ययन पछि कोभ्याक्सिनमा भेटेको एन्टी–बडी कोभिड–१९ को अल्फा र डेल्टा भेरिएन्टविरुद्ध राम्रो काम गरेको तथ्य फेला परेको बताएको छ ।

यस्तै रुसले उत्पादन गरेको स्पुतनिक भी पनि कोरोनाको डेल्टा भेरिएन्टमा ९० प्रतिशत प्रभावकारी रहेको दावी गरेको छ । 

कोरोनाको डेल्टा भेरिएन्टले विश्व स्वास्थ्य संगठनसहित वैज्ञानिकहरुको चिन्ता बढाएको बेला रुस र कोभ्याक्सिनको प्रभावकारीताले राहत दिने अपेक्षा गरिएको छ ।

स्पुतनिक भी विकास गर्ने गामेलिया इन्स्टीच्यूटको उपनिर्देशक डेनिस लागुनोभले डेल्टा भेरिएन्ट राम्रो एफिकेसीको दर डिजिटल मेडिकल र खोपको रेकर्डमा आधारित रहेको बताएका छन् ।

रुसको स्पुतनिक भी र भारतको कोभ्याक्सिनको प्रभावकारिता डेल्टा भेरिएन्टमा पनि प्रभावकारी देखिएको विषयमा विश्व स्वास्थ्य संगठनले भने अन्तिम वक्तव्य जारी गर्न बाँकी छ । 

Last modified on 2021-06-30 12:13:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts