कोरोना खोपको दुई मात्रा फरक-फरक कम्पनीको लगाउँदा पनि प्रभावकारी हुने
बीबीसी, १५ असार । कोरोना भाइरसविरुद्ध लगाइने दुई मात्रा खोप फरक–फरक कम्पनीको लगाउँदा पनि राम्रो नतिजा आउने एक अध्ययनले दाबी गरेको छ ।
बेलायतमा गरिएको एक अध्ययन अनुसार कोरोना संक्रमणलाई । रोक्न एक व्यक्तिले फरक कम्पनीको खोप लगाउन सक्नेछन् । फाइजर र एस्ट्राजेनेकाका खोपमा पहिलो मात्रा एउटा कम्पनी र दोस्रो मात्रा अर्को कम्पनीको लगाउँदा प्रभावकारी देखिएको अध्ययनको निष्कर्ष रहेको छ ।
यो विधिमार्फत रोग प्रतिरोधात्मक क्षमतालाई थप बलियो बनाउने विज्ञहरुले दाबी गरेका छन् । भ्याक्सिन आपूर्तिको समस्या भएका देशहरुमा यसको प्रयास गर्न सकिने बेलायतका अनुसन्धानकर्ताहरुले बताएका छन् । केही देशमा कोरोनाविरुद्ध खोपको पहिलो मात्रा र दोस्रो मात्रा फरकरफरक कम्पनीका दिन समेत थालिएको छ ।
स्पेन, जर्मनीलगायत देशहरुमा एस्ट्राजेनेकाको पहिलो मात्रा लिएका युवाहरुलाई दोस्रो मात्रा फाइजरको दिइएको छ । यस्तै भारतको उत्तर प्रदेशमा पर्ने सिद्धार्थ नगर जिल्लाको एक प्राथमिक केन्द्रमा पनि पनि केही मानिसमा दुई कम्पनीको खोप दिइएको थियो ।
गएको अप्रिलमा २० जनालाई कोभिष्टेलको पहिलो मात्रा दिइएको थियो भने दोस्रो मात्रा कोभ्याक्सिनको दिइएको थियो । उनीहरुलाई फरक कम्पनीका खोप दिनेबित्तिकै तत्काल अनुसन्धान गर्न आदेश दिइएको बीबीसीले जनाएको छ।