डेल्टाको नयाँ म्यूटेशन खतरनाक भएको कुनै प्रमाण फेला परेको छैनः भारतीय वैज्ञानिक



Download our app to get more features

एजेन्सी, १५ असार । भारतको कोभिड टास्क फोर्सका प्रमुख वीके पलले कोरोना भाइरसको डेल्टा भेरिएन्टमा देखिएको नयाँ म्यूटेशन खतरनाक भएको कुनै प्रमाण हासम्म फेला नपरेको बताएका छन् ।

सोमवार पत्रकारसँगको कुराकानीमा उनले कोरोना भाइरसको कुन लहर कुन दिन आउँछ भनेर अहिले नै जानकारी दिन नसकिने भएकाले डेल्टामा देखिएको नयाँ म्यूटेशन कति खतरनाक हो भन्ने बारेमा हालसम्म कुनै ठोस प्रमाण फेला नपरेको बताए ।
 
पलले भने, ‘यस भाइरसको व्यवहार अप्रत्याशित छ र यस अवस्थामा कोरोनाको कुनैपनि लहरलाई लिएर भविष्यवाणी गर्नु उचित हुँदैन । त्यसकारण अनुशासित भएर यस भाइरसको प्रकोपबाट लड्न सकिन्छ ।’

कोरोना भाइरसको डेल्टा भेरिएन्टलाई लिएर उठेको चिन्तासँग सम्बन्धीत प्रश्नको जवाफ दिँदै उनले हालसम्म यस विषयमा कुनै प्रमाण फेला नपरेको र वैज्ञानिक तथ्याङ्क पनि नभएका कारण यो कति तिव्र गतिमा फैलिँदै छ र यसले कति जोखिम निम्त्याउँछ भन्ने यकिन भन्न नसकिने प्रष्ट पारे ।
 
कोरोना भाइरसको डेल्टा भेरिएन्टको नयाँ म्यूटेशन एवाई.१ को पहिचान भारतमा ११ जुनमा गरिएको थियो र यसबाट संक्रमित हुनेको संख्यापनि पछिल्लो समय थपिँदै गएको छ । जसले चिन्ता बढाएको छ ।

हालसम्म यो भाइरस विश्वका ८५ भन्दा बढी मुलुकमा फेला परिसकेको छ भने विश्व स्वास्थ्य संगठनले पनि चिन्ता व्यक्त गरेको छ ।

Last modified on 2021-06-29 11:09:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts