भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार नयाँ संक्रमित थपिए



Download our app to get more features

एजेन्सी, १४ असार । भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार ६४३ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ।

पछिल्लो २४ घण्टामा ९ सय ८१ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख ९६ हजार नाघेको छ। संक्रमितमध्ये २ करोड ९३ लाखभन्दा बढी निको भइसकेका छन् भने करिब ६ लाख सक्रिय संक्रमित रहेका छन्।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ४४ लाखभन्दा बढी संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ करिब ४ हजार संक्रमित थपिएका छन् भने ९३ जनाको मृत्यु भएको छ।

तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ८४ लाख संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ३३ हजारभन्दा बढी संक्रमित थपिँदा ७ सय २५ को मृत्यु भएको छ।

Last modified on 2021-06-28 12:59:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts