बेलायतमा संक्रमित भएकामध्ये ९० प्रतिशतमा भेटियो डेल्टा भेरियन्ट
बीबीसी, १३ असार । बेलायतमा फेरि कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । गएको २४ घण्टामा १८ हजार २ सय ७० जनामा सङ्क्रमण भएको पाइएको छ । यो गएको फेब्रुअरी ५ पछिकै दैनिक भेटिने सङ्क्रमितको सङ्ख्या भन्दा सबैभन्दा धेरै हो । कोरोनाका कारण गएको २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ ।
संक्रमणको संख्या बढेसँगै बेलायतमा तेस्रो लहरको जोखिम बढेको छ । त्यहाँ एक महिनायता दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको बीबीसीले जनाएको छ । बेलायतमा पाइएको संक्रमितमध्ये ९० प्रतिशत डेल्टा भेरियन्ट रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
कोरोना विरुद्धको खोपका कारण संक्रमितमा गम्भीर लक्षण भने देखिने समस्या घट्दै गएको खबरमा उल्लेख छ ।
Last modified on 2021-06-27 16:40:30