बेलायतका स्वास्थ्य मन्त्री म्याटद्वारा राजीनामा, साजिद जावेद बने नयाँ स्वास्थ्यमन्त्री



Download our app to get more features

बीबीसी, १३ असार । बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् । 

कोरोना महामारीलाई ध्यानमा राखी बेलायत सरकारले निर्धारण गरेको सामाजीक भौतिक दुरी सम्बन्धीत नियमलाई उल्लघंन गरेको र मन्त्रालयमा काम गर्ने महिलालाई चुम्बन गरेको आरोप लागेपछि उनले राजीनामा दिएका हुन् । 

प्रधानमन्त्री बोरिस जोनसोनलाई लेखेको राजीनामा पत्रमा ह्यानककले कोरोनाको निर्देशन र नियमको उल्लंघन गरेकोमा माफी समेत मागेका छन् ।
 
ह्यानककले पदबाट राजीनामा दिएपछि साजिद जावेदलाई बेलायतको नयाँ स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिइएको छ । 

स्वास्थ्य मन्त्री र स्वास्थ्य मन्त्रालयको नन–एजेक्यूटिभ निर्देशक पदमा कार्यरत एक जना महिला गीना कोलाडन्गेलोको एक तस्वीर सार्वजनिक भएको थियो । जुन ६ मेमा खिचिएको बताइएको छ । । सो तस्वीरमा म्याटले महिलालाई चुम्बन गर्दै गरेको देखिएको थियो । सो तस्वीर बेलायतको पत्रिकामा प्रकाशित भएपछि उनीमाथि राजीनामाको दवाव बढेको र उनले शनिवार नै पदबाट राजीनामा दिएका हुन् ।

Last modified on 2021-06-27 10:18:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts