विश्वमा कोरोना संक्रमित हुनेको संख्या १८ करोड नाघ्यो



Download our app to get more features

एजेन्सी, १० असार । विश्वमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या  १८ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा चार लाख १३ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमण पुष्टि हुनेको संख्या १८ करोड तीन लाख भन्दा धेरै भएको हो ।

विश्वका धेरैजसो ठाउँमा फैलिएको कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा तीन करोड ४४ लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने दोस्रोमा रहेको भारतमा तीन करोड ८२ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये १६ करोड ५० लाख ६० हजार भन्दा धेरै निको भएका छन् । यो कुल सङ्क्रमणको झण्डै ९२ प्रतिशत हो । सङ्क्रमण पुष्टि भएकामध्ये ३९ लाख ६ हजार भन्दा धेरैको मृत्यु भएको छ । विश्वका दुई सय २२ वटा देश तथा स्वशासित क्षेत्रमा कोरोना पुष्टि भएकोमा १६ वटा देश तथा स्वशासित क्षेत्रमा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेर कोरोनामुक्त भइसकेका छन् ।
 

Last modified on 2021-06-24 16:39:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts