भारतमा कोरोनाका कारण संक्रमित हुनेको सख्या ३ करोड नाघ्यो

ब्राजिलमा फेरि बढ्दै कोरोना संक्रमणको दर



Download our app to get more features

एजेन्सी, ९ असार । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३९ लाख नजिक पुगेको छ ।

गत २४ घन्टामा विश्वभर थप ८ हजार २ सय २४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८ लाख ९७ हजार ३ सय ९१ पुगेको हो ।

पछिल्लो समय ब्राजिलमा फेरि कोरोना संक्रमणका कारण मृत्यु हुने दर बढ्दै गएको छ । वर्ल्ड मिटरको तथ्यांक अनुसार गत २४ घन्टामा ब्राजिलमा सबैभन्दा धेरै २ हजार ८० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख ४ हजार ८ सय ९७ पुगेको छ ।

यस्तै कोरोनाको दोस्रो लहरका कारण सबैभन्दा बढी प्रभावित बनेको भारतमा गत २४ घन्टामा थप १ हजार १ सय २९ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणको दरमा कमी आएपनि मृत्यु हुनेदर अझै कम हुन सकेको छैन । हालसम्म भारतमा कोरोनाका कारण ३ लाख९० हजार ६ सय ९१ जनाको मृत्यु भइसकेको छ ।

यस्तै अर्जेन्टिना, रुस, कोलम्बिया लगायतका मुलुकमा फेरि कोरोना संक्रमणको दर मृत्यु हुने दर बढ्द थालेको छ । गत २४ घन्टामा अर्जेन्टिनामा ७ सय ९१, कोलम्बियामा ६ सय १४, रुसमा ५ सय ४६, अमेरिकामा ३ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

यस्तै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १८ करोड नजिक पुगेको छ । गत २४ घन्टामा विश्वभर ३ लाख ६८ हजार २ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

गत २४ घन्टामा थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै ब्राजिलमा ८६ हजार ८ सय ३३, भारतमा ५४ हजार ३ सय ९३, अर्जेन्टिनामा २१ हजार ३ सय ८७, रुसमा १६ हजार ७ सय १५, बेलायतमा ११ हजार ६ सय २५, कोलम्बियामा २८ हजार ६ सय १६, इरानमा ११ हजार ७ सय १६ जना रहेका छन् ।

योसँगै भारत विश्वको दोस्रो कोरोना प्रभावित मुलुक बनेको छ । जहाँ कोरोनाका कारण संक्रमित हुनेको संख्या ३ करोड नाघेको छ । यसअघि अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड नाघिसकेको छ ।

हालसम्म विश्वभर कोरोनाका कारण संक्रमित भएकामध्ये १६ करोड ४६ लाख ७० हजार ३ सय ३ जना स्वस्थ भएका छन् ।

Last modified on 2021-06-23 10:36:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts