नोभाभ्याक्स खोपको प्रभावकारिता शत प्रतिशत रहेको दाबी
एजेन्सी, २ असार । अमेरिकी बायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले परीक्षणका क्रममा रहेको कोभिडविरुद्धको खोप नोभाभ्याक्सिनको प्रभावकारिता शत प्रतिशत रहेको दाबी गरेको छ । भ्याक्सिन निर्माता कम्पनीले कोभिडको प्रजातिविरुद्ध खोपले ९० प्रतिशतभन्दा बढी अर्थात गम्भीर बिरामीको लागि १०० प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने दावी गरेको हो।
कम्पनीले गएको सोमबार कोभिडको सबै प्रजाति बिरुद्ध सुरक्षा प्रदान गर्ने बताएको हो। अमेरिका र म्याक्सिकोले गरेको अन्तिम चरणको अध्ययनमा उक्त नतिजा बाहिरिएको हो। कम्पनीले सेप्टेम्बरको अन्त्यसम्म अमेरिका, युरोप र अन्य स्थानमा खोपको प्रयोगको लागि अनुमति लिने योजना रहेको जनाएको छ। नोभ्याक्सको अध्ययनमा अमेरिका र म्याक्सिकोमा १८ वर्षभन्दामाथिका वर्गका करिब ३०हजार मानिस सहभागी थिए।
Last modified on 2021-06-17 09:55:48