भारतमा कोरोनाको नयाँ म्यूटेशन, 'डेल्टा प्लस' नामाकरण गरियो
एजेन्सी, २ असार । भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट फेला परेको छ ।
हाल देखिएको डेल्टा भाइरसको नयाँ स्वरुप फेला परेको हो । डेल्टाको नयाँ स्वरुपलाई डेल्टा प्लस र एवाई १ नाम दिइएको छ ।
वैज्ञानिकहरुले हाल देखिएको कोरोनाको नयाँ भेरिएन्ट संक्रामक रहेको र आउने दिनमा फेरि संक्रमण बढाउउन सक्ने भन्दै चेतावनी दिएको छ । हालसम्म भारतमा डेल्टा प्लसका कारण संक्रमित हुनेको संख्या ७ मात्रै फेला परेका छन् । तर, अस्पाल भर्ना हुने दर भने दुई गुणा बढी रहेको वैज्ञानिकहरुले बताएका छन् ।
भारतको एम्स अस्पताल प्रमुख वैज्ञानिकहरुका अनुसार डेल्टा प्लस भेरिएन्टमा कोरोनाविरुद्धको खोप पनि कम प्रभावकारि देखिएको छ ।
यस्तै भारतीय स्वास्थ्य मन्त्रालयले कोरोनाको डेल्टा प्लसमा एन्टी बडी ट्रिटमेन्ट पनि काम नलाग्ने भएको बताएको छ ।
भारतमा देखिएको डेल्टा प्लस भेरिएन्ट पहिले बेलायतमा मार्च महिनामा पुष्टि भएको स्क्ट ल्याण्डका वैज्ञानिकहरुले बताएका छन् ।
कोरोनाको नयाँ म्यूटेशन चिन्ताको विषय हाल नरहेपनि चिकित्सक र वैज्ञानिकहरुले सचेत रहन सुझाव दिएका छन् ।