विश्वभर १६ करोडभन्दा बढी कोरोना सङ्क्रमणमुक्त, मृत्यु हुनेको संख्या ३८ लाख नाघ्यो
भारतमा पछिल्लो साढे २ महिना यताकै कम सङ्क्रमण
एजेन्सी, ३० जेठ । विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या १६ करोड नाघेको छ ।
कोरोना सम्बन्धीत तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये १६ करोड २९ लाख २ हजार ५ सय ९६ जना स्वस्थ भइसकेको छन् । यो दर कुल सङ्क्रमितको ९८ प्रतिशत हो ।
सबैभन्दा बढी अमेरिकामा २ करोड ८३ लाख ८१ हजार ६ सय २३ जना स्वस्थ भएका छन् भने कोरोनाको दोस्रो लहरमा सबै भन्दा बढी प्रभावित मुलुक भारतमा हालसम्म २ करोड ८ लाख १५ हजार ४४ जना स्वस्थ भएका छन् । जबकी ब्राजिलमा हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये १ करोड ५७ लाख ६१ हजार १ सय ७७ जना स्वस्थ भएका छन् ।
कोरोना महामारीका कारण अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो भने भारत दोस्रो र ब्राजिल तेस्रो मुलुक हो ।
यस्तै विश्वभर गत २४ घन्टामा विश्वभर ९ हजार ६ सय ९७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ लाख १ हजार २ सय ६ पुगेको छ ।
गत २४ घन्टामा सबैभन्दा बढी भारतमा ३ हजार ७१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ब्राजिलमा २ हजार ८ जनाको मृत्यु भएको छ । यस्तै कोलम्बियामा ५ सय ७७, अर्जेन्टिनामा ४ सय ४७, रुसमा ३ सय ९९, पेरुमा ३ सय ४३ र अमेरिकामा ३ सय ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर ३ लाख ५४ हजार १ सय ६८ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोनाका कारण १७ करोड ६३ लाख ८७ हजार ५ सय १२ जना सङ्क्रमित भएका छन् ।
गत २४ घन्टामा थपिएका सङ्क्रमितमध्ये ब्राजिलमा सबैभन्दा धेरै ७५ हजार ७ सय ७८, भारतमा ६५ हजार ९ सय ७३, कोलम्बियामा २९ हजार ९ सय ९८, अर्जेन्टिामा १८ हजार ५७ र रुसमा १३ हजार ५७ जना रहेका छन् ।
कोरोनाको दोस्रो लरहले विश्वकै सबैभन्दा बढी प्रभावित बनेको भारतमा पछिल्लो समय कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या घट्दै गएको छ भने ब्राजिलमा फेरि सङ्क्रमण दर बढ्न थालेको छ ।
यस्तै अजेएन्टिना, रुस, कोलम्बिया, बेलायत लगायतका मुलुकमा कोरोनाको तेस्रो लहर सुरु भएको सङ्केत देखिन थालेको छ ।