इथियोपियामा भोकमरीका कारण ३३ हजार बालबालिकाको मृत्यु हुन सक्ने राष्ट्र संघको चेतावनी



Download our app to get more features

बीबीसी, २९ जेठ । संयुक्त राष्ट्र संघले इथियोपियामा भोकमरीका कारण ३३ हजार बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी दिएको छ । 

संघले इथियोपियाको टिग्रे क्षेत्रमा सुरक्षाकर्मी र विद्रोहीबीच जारी युद्धका कारण ३३ हजार बालबालिकाको भोकमरी र कुपोषणका कारण मृत्यु हुन सक्ने भन्दै चेतावनी दिएको हो । 

सन् २०२० को नोभेम्बरबाट सुरु भएको युद्धमा परी हालसम्म टिग्रेमा १७ लाख मानिसहरु विस्थापित भइसकेका छन् ।

संयुक्त राष्ट्रको एक अध्ययनमा टिग्रे क्षेत्रमा बसोबास गर्ने करिब ३ लाख ४३ हजार मानिस गम्भीर संकटमा परेको उल्लेख गरिएको छ ।

युद्धका कारण त्यहाँका नागरिकहरु खाद्यान्नको समस्या झेलिरहेका छन् भने पिउने पानीको पनि अभाव हुन थालेको छ । जसले गर्दा बालबालिकासहित अन्य मानिसहरु पनि स्वास्थ्य संकटमा पर्न सक्ने संयुक्त राष्ट्र संघले बताएको छ ।

Last modified on 2021-06-12 10:13:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts